December 12, 2017
सि.ई.डि.बी हाइड्रो फण्ड लिमिटेडको नेतृत्वमा रहेको यूनिभर्सल पावर कम्पनी लिमिटेडले सोलुखुम्बु जिल्लामा अवस्थित इङ्खु खोलामा २४.२२ मे.वा. क्षमताको माथिल्लो इङ्खु जलविद्युत आयोजनाको विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र मंसीर २५, २०७४ मा र मनाङ्ग जिल्लामा अवस्थित नार खोलामा ३१.७७ मे.वा. क्षमताको माथिल्लो नार जलविद्युत आयोजनाको विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र मंसीर १४, २०७४ मा प्राप्त गरेको छ ।